हाल सम्म कै सर्वा्धिक राशीको पुरस्कार


ADVERTISEMENT


भुवन बहादुर सिंह, बझाङ– हाल सम्म कै सर्वा्धिक राशीको पुरस्कार सहित प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बझाङ सदरमुकाममा सुरु भएको छ । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला क्रिकेट संघले उक्त प्रतियोगिताको आयोजना गरेको हो । फागुन ११ गतेबाट सुरु भएर १६ गते सम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ६ टिमको सहभागिता रहेको छ । सुरुवाती खेल जालपा देवि युवा कल्व देवल र डाडांबाग युवाकल्ब पटुडी विच हुनेछ । त्यस्तै बझाङ क्रिकेट एकेडेमीसंग सुर्मा सरोवर युवा कल्ब सुर्माको पहिलो प्रतिश्पर्धा हुनेछ भने शोभान स्मृती दौला र फ्युचर स्टार कांटै विच पहिलो खेल हुने आयोजकले बताएका छन ।


ADVERTISEMENT

# # #


प्रथम मेयरकप क्रिकेटको उद्घाटनमा व्याटिङ गर्दै

जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले गरेको बलिङमा प्रमुख विरेन्द्र बहादुर खड्काले व्याटिङ गर्दै उदघाटन गरेको खेल लिग पद्धतीमा संचालन हुने छ । लिग चरणका शिर्ष दुइ टोली विच फाइनल खेलका लागी प्रतिश्पर्धा हुने छ । ’

प्रतियोगिताका विजेता टिमले नगद रु ५१ हजार पुरस्कार सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २६ हजार सहित ट्रफी पाउने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, बलर, व्याटस्म्यान, उदियमान खेलाडी र अनुशाशित टिमलाईपनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द धामीले बताएका छन । यो जिल्लाको हाल सम्म कै सर्वाधिक राशीको प्रतियोगिता हो । यस प्रतियोगिताबाटै क्षेत्रिय तथा राष्ट्रिय प्रतियोगितामा खेल्नका लागि खेलाडी छनौट पनि उनले बताए ।

खेल मैदान र खेल सामाग्रीको अभाव भए पनि बझाङ जिल्लाले क्षमतावान खेलाडीहरु उत्पादन गरिहेको धामीले बताए । उनले भने ‘सर्वाधिक
पुरस्कार राशीको प्रतियोगिताले खेलाडीहरुमा थप उत्साह जगाएको छ । बझाङमा थुप्रै क्रिकेट प्रतिभाहरु जन्माउन सक्ने सम्भावना रहेकोले अरु
स्थानिय तहले पनि यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।’

जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र बहादुर खड्का र प्रतियोगितामा प्रतिश्पर्धा गर्दै खेलाडीहरु । तस्विरः भुवन बहादुर सिंह 

हाल धनगढीमा संचालन भैरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि बझाङकी सम्झना खड्काको सहभागिता रहेको छ । यस अघी क्षेत्र नं ६ बैतडीको टिममा रहेर बझाङका प्रविन्द धामीले सिनियर टि ट्वान्टी राष्ट्रिय प्रतियोगिता सहभागी भैसकेका छन । यस्तै विनोद धामी र सुन्दर विस्ट १६ वर्षमुनिको राष्ट्रिय प्रतियोगिताको विजेता टिम क्षेत्र नं ६ बैतडीबाट राष्ट्रिय स्तरको खेल खेलिसकेका छन भने सुरेस जप्रेल र नरेस थापा, सम्झना खड्का, कमला धामी, मिना धामी, पविना खड्काले पनि पटक–पटक क्षेत्रिय तथा राष्ट्रिय खेलमा सहभागीता जनाई सकेका छन ।