काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ ।


ADVERTISEMENT


आाज बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले आज बसेकोे केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले अध्यक्ष दाहालबाट पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको छ । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र लगत्तै प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जनाको सहभागिता रहने बताइएको छ ।