काठमाडौँ– नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल भारत मैत्री पुस्तकालयलाई सहयोगस्वरुप तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बैंकले पोखरा महानगरपालिका–३, नदीपुर, कास्कीस्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न उक्त आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आएको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।