काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका हुन् ।


ADVERTISEMENT


उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट पारे । उनले दुईदलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए । संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरुको पनि सहमति आवश्यक रहेको उनले बताए । उनले काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायी माथि भएको घटना अराजक तर्क गरे ।


ADVERTISEMENT

# # #


नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समय अर्थात २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए । कोइरालाले सरकारले ल्याएको अध्यादेशहरुको विषयवस्तु राम्रो भएपनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे ।