काठमाडौं – भारतीय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको नयाँदिल्लीमा औपचारिक स्वागत गरिएको छ ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई स्वागत गर्नुका साथै भारतीय सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
भारत भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ ।
भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा विकास परियोजनाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै, विभिन्न विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्बोधनको कार्यक्रमसमेत तय गरिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गर्नेछन् । औपचारिक कार्यक्रम सम्पन्न गरी उनी सोमबार साँझ नै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।


























