काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनको मूल्य आज २२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
हिजो तोलामा एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज एक हजार ९७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।