काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनीव्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले गुठी संस्थानको समन्वयमा गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनीव्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


स्वर्गद्वारी गुठी पीडितको समस्या सम्बन्धी विषय तथा कार्यप्रगति समितिलाई जानकारी गराउन निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिइन् ।

बैठकमा गुठि संस्थाका अध्यक्ष डा शिवराज पण्डितले गुठी जग्गाको विषयमा धेरै ने समस्या देखिएको भन्दै समाधानका लागि अध्ययन भइरहेको जानकारी दिए । गुठी जग्गा निजी नहुने सर्वोच्चको निर्णय र गुठी जग्गामा मोही रहने व्यवस्था बाझिएकाले त्यसमा दुबै पक्षलाई नै सम्बोधन गर्ने गरि संस्थानले काम गर्ने उनले बताए ।

बैठकमा समिति सदस्यहरुले स्वर्गद्वारी गुठी पीडितको समस्या बुझ्दै समाधान गर्नुपर्नेमा जोड दिएका थिए । बैठकले स्वर्गद्वारी गुठी किसानहरुका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेको हो ।