काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताएका हुन् । उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउदा उपस्थित नभए पनि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट र्परे ।


ADVERTISEMENT

# # #


उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालिन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे । उनले बाढिका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दाबी गरे ।

‘उहाँ उत्पात देवता हुनुभो ? अच्चम्म लाग्छ । केही राम्रा काम गर्नुभयो होला । त्यसका लागि विश्लेषण गरेर उहाँलाई धन्यवाद, पुरस्कार के के दिने हो दिउँला । ’ उनले भने, ‘सञ्चालक समिति निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न । सय प्रतिशित लगानी सरकारको छ, भाषणा गर्दै हिंड्नुहुन्छ, कर्मचारी । यस्ता अराजक गतिविधिलाई सरकारले सँधै हेरेर बस्ने कुरा हुँदैन ।’

उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भइ काम अघि बढेको बताए । उनले ऊर्जा क्षेत्रमा आवश्यक कानून तर्जुमाका क्रममा रहेको र केहि विधेयकहरु अघि बढिसकेको जानकारी दिए ।