काठमाडौँ – पछिल्ला वर्षहरुमा देशको अर्थतन्त्रको मेरुदण्ड बनेको छ रेमिटेन्स । थिलथिलो भएको अर्थतन्त्रलाई विदेशमा रहेका नेपालीले पठाएको पैसाले लयमा ल्याउन सघाइरहेको छ ।


ADVERTISEMENT


त्यही रेमिटेन्स नेपाल पठाउन विभिन्न किसिमका झण्झट व्यहोर्नु परेका समाचारहरु पनि सुन्ने गरिन्छन् । तर, रेमिटेन्स आप्रवाहलाई सहज, व्यवस्थित र अझ प्रविधिमैत्री बनाउन निरन्तर सक्रिय छ, सिटिजन्स बैँक । विश्वभरका अन्तर्राष्ट्रिय रेमिट एजेन्टसँग सम्झौता गरी बैँकले विदेशमा रहेका नेपालीले स्वदेशमा सहज रुपमा पैसा पठाउन मिल्ने गरी सिटिजन्स रेमिट सेवा सञ्चालन गरिरहेको छ ।


ADVERTISEMENT

# # #


विदेशबाट पठाउँदा तुरुन्तै खातामा जम्मा

सिटिजन्स बैँकले विभिन्न अन्तर्राष्ट्रिय रेमिट एजेन्सीहरुसँग सम्झौता गरेसँगै अब सिटिजन्स रेमिट मार्फत विदेशबाट नेपालमा रेमिटेन्स पठाउँदा तुरुन्तै (रियल टाइम) प्राप्त गर्न सकिन्छ । जसका लागि विदेशबाट पैसा पठाउँदा ग्राहकले नेपालमा रहेको बैँक वा वित्तीय संस्थाको आफ्नो वा आफूले चाहेको व्यक्तिको खाता नम्बर र नामसहितको विवरण राख्नुपर्छ । पैसा पठाइसकेपछि तुरुन्तै नेपालमा रहेको उक्त खातामा जम्मा हुने प्रणाली बैँकले विकास गरेको छ ।

सिटिजन्स रेमिटमार्फत नेपालमा पैसा पठाउँदा सिटिजन्स बैँक मात्रै नभई अन्य सबै वाणिज्य बैँक, विकास बैँक र फाइनान्सका खाता भएका व्यक्तिले पनि ‘रियल टाइम’मा आफ्नो खातामा पैसा प्राप्त गर्न सक्ने बैँकको रेमिटेन्स विभागका प्रमुख विष्णुमान श्रेष्ठले बताए । चौबिसै घण्टा र ३६५ दिन नै उपलब्ध हुने यो सुविधाले रेमिटेन्स पठाउने र प्राप्त गर्नेहरुका लागि सहजता प्रदान गर्छ । त्यसका लागि बैँकले विश्वभरका २० भन्दा बढी रेमिट एजेन्टहरुसँग सम्झौता गरेको श्रेष्ठको भनाई छ ।

यी अन्तर्राष्ट्रिय एजेन्टबाट पठाउन मिल्छ रेमिटेन्स

सिटिजन्स रेमिटेन्समा विभिन्न २० वटा अन्तर्राष्ट्रिय एजेन्टबाट विदेशबाट सिटिजन्स रेमिटमा पैसा पठाउन मिल्छ । श्रेष्ठका अनुसार युरोपबाट एसीई मनी ट्रान्सफर, अल अहलिया मनी एक्सचेन्ज, अल अन्सारी एक्सचेन्ज (क्यास एक्सचेन्ज), अल दाहाब एक्सचेन्ज, अल्फा एक्सचेन्ज र रेधा अन्सारी एक्सचेन्जबाट रेमिटेन्स पठाउन सकिन्छ ।

यस्तै अष्ट्रेलियामा रहेका नेपालीहरुले सिटिजन्स रेमिटमार्फत पठाउन हाम्रो रेमिट प्रा. लि, लिगल रेमिट र नमस्ते रेमिटको प्रयोग सक्नेछन् भने भारतबाट एक्सिस बैंक लिमिटेडको माध्यमबाट पैसा पठाउन सकिनेछ । यस्तै कतारबाट दोहा बैंक क्यूएससी, कुवेतबाट नेशनल एक्सचेन्ज कम्पनी, सिंगापुरबाट मिलेनिङ्ग्स प्रा.लि., बेलायतबाट सुभिदा युके लिमिटेड, अमेरिकाबाट यूएनओ मनी ट्रान्सफर, टर्कीयेबाट यूपीटी मनी ट्रान्सफरको प्रयोग गरी सिटिजन्स रेमिटमार्फत रेमिटेन्स पठाउन सकिनेछ ।

यसबाहेक विश्वभरीबाट वर्ल्ड रेमिट लिमिटेड, प्लासिड एक्सप्रेस, स्मल वर्ल्ड फाइनान्सियल सर्भिस र एक्सप्रेस मनी सर्भिस प्रयोग गरी समेत रेमिटेन्स पटाउन सकिने श्रेष्ठले जनाए ।

रेमिटेन्स प्राप्त गर्ने डिजिटल माध्यम 

विदेशबाट सिटिजन्स रेमिटमा पठाएको पैसा प्राप्तकर्ताले रेमिटेन्सको आफ्नो पिन नम्बर लिएर नेपालका सातैवटै प्रदेश र ७७ वटै जिल्लामा रहेका एजेन्टहरु, बैँकका शाखाहरुमार्फत सजिलै निकाल्न सक्छन् । जुन रकम  सिटिजन्स बैँकमा रहेको आफ्नो खातामा समेत पठाउन सकिन्छ । यस्तै सिटिजन्स रेमिटमार्फत नेपाल आएको पैसालाई ४ वटा सब-एजेन्ट मनी ट्रान्सफर काउन्टरबाट पनि निकाल्न सकिन्छ ।

यसका अतिरिक्त बैँकले रेमिटेन्स प्राप्तीका लागि डिजिटल माध्यमको सुविधा समेत उपलब्ध गराएको छ । जस अनुसार रेमिटेन्स प्राप्तकर्ताले सिटिजन्स बैँकको मोबाइल एप्लिकेशनमा गई आफ्नो रेमिटेन्सको नम्बर राखेर रेमिटे्रन्स प्राप्त गर्न सक्नेछन् ।

यस्तै विभिन्न वालेटहरुमार्फत पनि रेमिटेन्स प्राप्त गर्ने व्यवस्था मिलाइएको बैँकका रेमिटेन्स विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । जसका लागि वालेटभित्र गई सिटिजन्स रेमिट छनोट गरी पिन नम्बर र आवश्यक अन्य विवरण राख्नुपर्ने उनले बताए । यसपछि ग्राहकले सजिलै आफ्नो वालेटमा उक्त रकम प्राप्त गर्न सक्छन् ।

बैँकको रियल टाइम (तुरुन्त प्राप्त गर्न सकिने) रेमिट सेवाले ग्राहकको मन जितिरहेको छ । प्रविधि र आधुनिक व्यवस्थापनलाई भरपुर प्रयोग गरी बैँकले सिटिजन्स रेमिट सेवालाई सरल, सहज र पहुँचयोग्य बनाएको छ ।