काठमाडौँ–  स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।  आज सुन प्रतितोला रु पाँच सय बढेर नयाँ रकेर्ड कायम भएको हो ।


ADVERTISEMENT


त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ । सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT

# # #