काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुश निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन् ।


ADVERTISEMENT


राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार काठमाडौंमा गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको समेत बताए ।

उनले भने, ‘हामी एउटा जुलुस निकाल्नु पर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ । हामी आफैसँग विचार छ, हामी आफैसँग नेता छन्, हामी आफै दृष्टान्त दिन सक्छौँ । हामी आफैले गरेका छौँ ।’

 उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफुले राखेको भन्दै कटाक्ष गरे । उनले थपे, ‘आलोचित भएछ भने केपी ओलीले घुसाएछ हाम्रोमा भन्छन् । त्यो जुलुसै मैँले गराइदिएको हो । भयो ? फोटो पनि मैँले नै राखिदिएको, गाडी पनि मैँले नै पठाइदिएको । कुन राणाजीले त्यो फोटो बोक्नुभएको थियो । राणाजी पनि मेरो भाइ हो । अब चित्त बुझ्यो ?’

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणालीविरोधी र असम्बैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अघि अभियानमा लागेको बताए । उनले बाह्य अनुदान सहायतामा भर नपरी आफ्नै ढंगले मुलुकको निकासमा लाग्नुपर्ने बताए । बाह्य सहयोग जुनसुकै अवस्थामा रोकिन सक्ने भएकाले अनुदान नआउदा पनि मुलुक चल्ने गरि आत्मनिर्भर हुने बाटोतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै उहाले विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गर्नुभयो ।