काठमाडौँ– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। टंक बाराकोटी नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
यसअघि स्वास्थ्य विभागका महानिर्देशक डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। मन्त्री पौडेलले रिक्त पदमा डा बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए।
डा बाराकोटीले लामो समय काठमाडौं बाहिर बसेर सेवा दिएका छन्। उनी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं आएका हुन्।