काठमाडौं–पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘उहाँ २१ गते आएर र २२ गते फर्कने कार्यक्रम छ,’ ज्ञवालीले भने । उनको भ्रमणबारे परराष्ट्र मन्त्रालयमा भने जानकारी आइनसकेको परराष्ट्रका अधिकारीले बताए । अब्बासी थप कार्यक्रमबारे खुलाइएको छैन ।

फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन्देशमार्फत बधाई दिएका थिए ।

यसअघि कुनै देशका प्रधानमन्त्री बधाई दिन भेट्न नै आएका थिएनन् ।