काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र पुनर्स्थापनाको नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले राजतन्त्र पुनर्स्थापनाको नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गर्दै जनताले इतिहास बनाइदिएको राजसंस्थाको पुनर्स्थापना सम्भव नै नरहेको बताए


ADVERTISEMENT

# # #


ज्ञानेन्द्र शाहको मुर्खताले देशमा गणतन्त्र आउनमा सहयोग पुगेको भन्दै प्रचण्डले पछिल्लो समय ज्ञानेन्द्रको मुर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने धारणा राखे ।

‘मैँले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा भनेको थिएँ, जनक्रान्तिमार्फत हामीले गणतन्त्रका लागि आधार तयार पार्यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई मदत गरेकै हो ।’ उनले भने, ‘ज्ञानेन्द्रले धेरै मुर्खता नगरेको भए, सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहहरुलाई उनकै पछि लाग्छौँ भन्दा पनि लात्ताले नहानिदिएको भए, सायद केही वर्ष टिक्न पनि सक्थे ।’

गणतन्त्र ल्याउनमा भिलेनका रुपमा पूर्वराजा ज्ञानेन्द्रको भूमिका महत्वपूर्ण रनेको प्रचण्डले बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएकाले अहिलेको व्यवस्थाविरुद्ध प्रश्न उठाउने दुष्साहस गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । प्रचण्डले अहिले संशोधन नभइ सवै दल मिलेर समिक्षा गर्न जरुरी रहेको बताए । समीक्षा पछि जनताको आवश्यकताका आधारमा संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।

उनले राजतन्त्र फालेका शक्तिहरु एक ठाउँमा आएर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा समेत जोड दिए । प्रचण्डले क्रान्तिकारी माओवादी धाराहरु छिटै एकताबद्ध हुने जिकिर गरे ।