काठमाडौँ– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.का विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशतसम्म र आईभिएफ प्याकेजमा कर्मचारीहरूलाई रु १५,००० र नेपाल बैंक लिमिटेडका ग्राहकहरूलाई रु १०,००० छुट हुने भएको छ ।


ADVERTISEMENT

# # #


सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंस्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा अवस्थित वात्सल्य नेचुरल आई. भि एफका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।