काठमाडौं–नर्भिक इन्टरनेसलन हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले स्रोतलाई जनाएको छ ।


ADVERTISEMENT


सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आएरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले बताएका छन् ।


ADVERTISEMENT

# # #


११ फागुनमा चितवनकी ३८ वर्षीया बिन्दु पौडेलको देब्रे खुट्टाको अप्रेसन गर्नुपर्नेमा नर्भिकमा कार्यरत डा. नेपाल र रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए ।

‘सो घटनापछि चिकित्सकले लापर्बाही गरेको भन्दै लाइसेन्स रद्द गर्न दबाब आइरहेको छ ।’ काउन्सिल इथिकल कमिटीका संयोजक डा. पौडेलले भने, ‘डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारलाई सफाइ दिए चिकित्सकमाथिको जनताको विश्वास थप घट्नेछ । चिकित्सकमाथि हुने आक्रमण झन् बढ्ने देखिन्छ ।’

नर्भिक अस्पतालमा सो घटना भएयता काउन्सिलमा हरेक दिन दशौँजना चिकित्सक र सर्वसाधारणले दोषी चिकित्सकको लाइसेन्स खारेज गर्न दबाब दिएको काउन्सिलले जनाएको छ ।

उपचारका क्रममा चिकित्सकले लापर्बाही गरेको भन्दै हरेक महिनाजसो चिकित्सकमाथि आक्रमण पनि हुँदै आएको छ । मेडिकल काउन्सिल स्रोतका अनुसार चिकित्सकमाथि जनताको विश्वास बढाउन पनि नर्भिकका दुई चिकित्सकको लाइसेन्स खारेज अनिवार्य छ ।–आजको नयाँ पत्रिकाबाट