काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक शनिबार बस्दैछ । पार्टी एक हुने अवस्थामा पुगेकाले संसदीय गतिविधिमा एकरूपता दिनेबारे प्रशिक्षणका लागि दुबै दलले संयुक्त बैठक डाकेका हुन् ।


ADVERTISEMENT


सोमबारदेखि संसद्को बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरुलाई केही प्रशिक्षण दिन बैठक बोलाइएको बताइएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा दुवै दलबाट धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिइने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले दुवै दलका सांसदहरुलाई निर्देशनसहितको प्रशिक्षण दिने कार्यक्रम छ ।

एमाले र माओवादीबीच गत फागुन ७ गते पार्टी एकतासम्बन्धी ७ बुँदे आधारपत्रमा हस्ताक्षर भइसकेको छ । दुवै दलले पार्टी एकताको विस्तृत खाका र राजनीतिक कार्यक्रम र विधान निर्माण गरिरहेका छन् ।