काठमाडौँ– राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको मधेस प्रदेश कार्यालय जनकपुरधाम, भानु चोकमा शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।


ADVERTISEMENT


मुख्यमन्त्री सतीश कुमार सिंहको प्रमुख आतिथ्यमा तथा कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब ५०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री सिंहले कृषिमा सुधार र किसानको जीवनस्तर उकास्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको बताए। अध्यक्ष हुमागाईंले कम्पनीले किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने पुलको भूमिका खेलिरहेको बताएका छन्।

२०८१ वैशाख २७ गते स्थापना भएको कम्पनीले ‘कृषि भनेको कर्तव्य हो, पेशा होइन’ भन्ने मूल मन्त्रका साथ ताजा उत्पादन होम डेलिभरी, चिस्यान भण्डारण, कम्पोस्ट मल, च्याउ उत्पादन, कृषि पर्यटन, र ई–कमर्स एप जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम र कृषि नाटक प्रस्तुत गरेका थिए।