काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले सात बुदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको बताएका हुन् । उनले एमाले–कांग्रेसको दुई तिहाईको संख्याले नभइ सदनभित्र रहेका सवै दलका साथै सरोकारवालाहरुको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको भन्दै कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए ।

उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिए ।