काठमाडौँ – राष्ट्रियसभा सदस्य बामदेव गौतमले मुलुकको अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्ने बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा गौतमले फेरि पनि गद्दीमा बस्न खोज्नेहरुले बिभिन्न षडयन्त्र गर्न खोजेको भन्दै अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानून बनाउनै पर्ने बताएका हुन् ।
गौतमले अहिले देशमा आन्दोलन नै आन्दोलन भइरहेको अवस्थामा त्यसलाई सामना गर्न प्रकाशज्योतिको कुनै शव्द नीति तथा कार्यक्रममा आफुले नपाएको तर्क गरे । उनले चारैतिर भ्रष्टाचार भएकाले विश्वमा नै नेपालको बद्नाम हुन पुगेको अवस्थामा भ्रष्टाचालाई समाप्त गर्ने अभियान नीति तथा कार्यक्रमा आउन नसकेको समेत धारणा राखे ।
उनले संविधानमा उल्लेख समाजवाद भन्दा अन्य व्यवस्थामा जान नसकिने जिकिर गरे । सरकारको नीति तथा कार्यक्रमलाई आफुले आलोचनात्मक समर्थन गर्ने उनको भनाइ छ ।