बैतडी – बैतडीको डिलासैनी गाउँपालिका ३ लुलचुडामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । म १ ज २३३ नम्बरको जिप दुर्घटना हुँदा दार्चुलाको मर्म गाउँपालिका ३ का ३६ वर्षीय कृष्ण सिंह विष्टको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


घाइतेमध्ये ५ जनालाई स्थानीय अस्पताल र एक जनालाई कैलालीको धनगढी रिफर गरिएको छ ।


ADVERTISEMENT

# # #