• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

May 18, 2025 |

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

768
SHARES
ShareTweet

जनकपुरधा- जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।


ADVERTISEMENT


कार्यालयका अनुसार चालु आवमा रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ५१ करोड ७४ लाख ९१ हजार राजस्व सङ्कलन गरिएको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट रु २८ करोड ६२ लाख ५९ हजार, भडरिया छोटी भन्सार नाकाबाट रु १८ लाख ३६ हजार, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिए ।

कार्याललयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये दुई सय ९८ वटाको फैसला गरेको उनले बताए । ५६५ लिलामीका मुद्दा परेकामध्ये दुई सय ९८ वटाको छिनोफानो गरी रु एक करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य रु नौ करोड १५ लाख ५६ हजार रहेको थियो ।

सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ । सशस्त्र प्रहरीको चार सय १७ मध्ये दुई सय एक मुद्दाको फैसला भएको छभने नेपाल प्रहरीको एक सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिए।



#
#

#









#




#

#


Share:

Rate:

Previousगाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
Nextप्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

ताजा खबर

  • एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
  • ३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन !’
  • जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
  • एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
  • हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved