काठमाडौँ– नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाए ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा बर्तौलाले संसद्को समग्र प्रभावकारिताका लागि सिङ्गो संसद् र सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा सदनबाटै सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले केहि सांसदहरुबाट संसद अर्थहिन भयो भन्ने बिचार नियोजित ढंगले आउने गरेको भन्दै सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरे । सत्तापक्ष र प्रतिपक्ष संसदीय प्रणालीमा स्वभाविक रहेपनि सरकारमा नभएका कारण अनावश्यक रुपमा प्रतिपक्षीले गर्ने टिप्पणी देशका लागि उचित नभएको उनले बताए ।

सांसद बर्तौलाले सवै स्वरोजगारहरुलाई सामाजिक सुरक्षाकोमा जोड्ने गरी प्रभावकारी बजेट व्यवस्थापन गनुपर्नेमा जोड दिए ।