काठमाडौं–सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई तीन दिनभित्र स–शरीर सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलना सम्बन्धि नयाँ दर्ता भएको मुद्दामा सर्वोच्चले केसीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।


ADVERTISEMENT


गोविन्द बोहराले फागुन १६ गते दर्ता गरेको निवेदनको प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यो आदेश जारी गरेको हो । यो सहित डा. केसी विरुद्ध सर्वोच्च अदालतमा तीनवटा मुद्दा विचाराधीन छन् ।


ADVERTISEMENT

# # #


केसीले विभिन्न समयमा प्रधानन्यायाधीश पराजुलीकाबारेमा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै कारबाहीको माग राखी निवेदन दर्ता भएको थियो ।–आजको कान्तिपुरबाट