पाल्पा–जिल्लाको बाँसटारी झडेवा सडक खण्डअन्तर्गतको खहरे देउगिर सडकको ओटासिल गर्ने ठेकेदारले लाखौं रुपैयाँ पर्ने निर्माण समाग्री चोरी गरेको छ ।


ADVERTISEMENT


निर्माण कम्पनीले कसेनी, रुप्से र चिदीपानीको सिमानामा पर्ने खहरे बगर (हाटबजार) क्षेत्रबाट लाखौं रुपैयाँ पर्ने कच्चा पदार्थ गिट्टी, बालुवा र ढुंगाको चोरी गरेको हो ।


ADVERTISEMENT

# # #


ठेकेदारले साविकको कसेनी ९ का पहलमानसिंह कुमाल, रुप्से २ का शान्तिदेवी ठाडा, चिदीपानी ९ का हिराबहादुर रेग्मी र तानपा ११ का कृष्ण रानाको जग्गाबाट सडकका लागि आवश्यक गिट्टी र ढुंगाा किनेको उल्लेख छ ।

तर, ठेकेदारले सबैभन्दा धेरै बाँधवारी र हाटबजार क्षेत्रबाट निर्माण सामाग्री चोरी गरेको पाइएको छ । अन्यत्रबाट निर्माण सामाग्री थुपार्नका लागि साविकको रुप्से गाविसले हाटबजार क्षेत्र प्रयोग गर्न अनुमति दिएको थियो ।

तर, ठेकेदारले त्यहाँ निर्माण समाग्री थुपार्नुभन्दा सोही स्थानबाट कच्चा पदार्थ चोरी निकासी गर्न सहज बनेको स्थानीय बासिन्दाको भनाइ छ ।–आजको कारोबारबाट