काठमाडौँ– काठमाडौँको गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।


ADVERTISEMENT


बिहान करिब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस ब्रेक फेल भई अनियन्त्रित हुँदा सो दुर्घटना घटेको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । दुर्घटनापछि उक्त बसलाई नियन्त्रणमा लिइएको छ ।

बोहराका अनुसार, दुर्घटनामा परी १५ जना घाइते भएका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको र उनीहरुअहिले केएमसी अस्पतालमा उपचारत छन् ।