काठमाडौँ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।
२०७७ साल चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट २० वर्षको बीमा अवधी रहने गरी २० लाखको जीबनबीमा बीमालेख खरीद गरेका भरतपुर–३, चितवन महेश बानीयाँलाई उक्र रकम दाबी भुक्तानी गरिएको हो ।
बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेको अवस्थामा २०८० वैशाक २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजाँचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल, काठमाडौँ लगिएको र डाक्टरको सल्लाह बमोजिम नै २०८१ पौष १५ गते उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।
नेपालमा अत्यन्तै महंगो उपचार पद्दती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागी झण्डै २० लाखसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडि बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पुर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीद्वारा बुधबार हाकिमचोक शाखामा आयोजित कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गगरेका शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम २० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पूर्ण हल्लाहरु निराधार साबित भएको समेत बताए । आफूलाई जीबन बीमा गराउनका लागी सही समयमा नै प्रस्ताव गर्ने बीमा अभिकर्तालाई धन्यवाद दिंदै भोलीका दिनमा आफू जस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै बक्ताहरुले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षती न्युनिकरण गर्न आज स्वस्थ अवस्थामा नै बीमा गर्नुपर्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकुमारी कुंवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।