हेटौडा। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले निकै प्रशंसनिय कार्य गर्दै आई रहेको छ। केही दिन अगाडि बागमती प्रदेश स्पोर्ट्स अवार्ड कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा बागमती प्रदेश्का प्रतिभावान खेलाडीहरुलाई नगद पुरुस्कार सहित सम्मान कार्यक्रम गरेको थियो।
मुलुकमा संघियता लागु भएपछी बागमती प्रदेशमा यस्तो अवार्ड कार्यक्रम पहिलो चोटी गरिएको हो।
उक्त अवार्ड कार्यक्रम लाईफ टाईम एच्युभमेन्ट तर्फ नेपाललाई पहिले अन्तर्राष्ट्रिय पदक दिलाउने म्याराथन धावक जित बहादुर केसिलाई नगद रु १ लाख सहित अवार्ड प्रदान गरिएको थियो। उनै केसि दौडिदा दौडिदा जुत्ता च्यातेर खाली खुट्टा दौडेका थिए। त्यस्तै अर्को लाईफ टाईम अवार्ड र १ लाख नगद पुरुस्कार पाउने खेलाडी थिए, बैकुण्ठ मानन्धर, मानन्धरले प्रथम द्वितीय र तृतीय साफ गेममा लगातार ३ स्वर्ण हासिल गरेको थियो। मानन्धरको रेकर्ड साउथ एसियामा अहिले सम्म तोड्न सकेको छैन। मानन्धरले ४ चोटि ओलम्पिक गेम खेली सकेका खेलाडी हुन् ।
त्यस्तै बागमती प्रदेश शान सान अवार्ड र १ लाख नगद पुरुस्कार पाउने खेलाडी थिए आठौ, नवौ साफ स्वर्ण पदक बिजेता तेक्वान्दोकि नक्षेत्र संगिना बैद्य। उनी महिलाकि ओलम्पियन खेलाडी समेत हुन् ।
यस्तो अवार्ड, खेलाडी सम्मान अन्य अनगिन्ती सराहनीय काम कार्य देखेर नेपाली कांग्रेस सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको निकै प्रशंसा गर्छन् । सभापति देउवालाई भेट्न जाने नेपाली कांग्रेसका नेता कर्याकर्तालाई खेलकुदको बारेमा कुरा उठ्दा देउवाले उनै मन्त्री महर्जनको गुनगान गर्छन् ।
मन्त्री महर्जन खेलकुद मन्त्री भएदेखि बागमती प्रदेशमा व्यापक रुपमा खेलकुद प्रतियोगिता हुने गरेको छ र प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकता साथ लिएको छ। बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले पनि खेलकुद मन्त्री महर्जनको खेलकुद प्रतिको लगाभ र उनले गरेका उत्कृष्ट कार्य गर्नुका साथै खेलाडीहरुको मनोबल बढाउने कार्यमा मन्त्री महर्जनको अग्रनी भुमिका रहेकोले मुख्यमन्त्री लामाले अधिकान्स खेलकुद प्रतियोगितामा मन्त्री महर्जनको खुलेर प्रशंसा गर्ने गर्छन् ।
१२ बर्ष देखि खेलकुद क्षेत्रमा लागेका मन्त्री महर्जन खेलकुद जगतका नायक मानिछ। मन्त्री महर्जन करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडीका साथै अन्तर्राष्ट्रिय रेफ्री समेत हुन।महर्जन २०६६ सालमा मन्त्री परिषदको निर्णयबाट खेलकुद परिषदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद कोषाध्यक्ष समेत थिए। महर्जन खेलकुद मन्त्री नियुक्त भएको दिन आम खेलाडी तथा खेलप्रेमीहरु खुशियाली नै मनाएका थिए।
बागमती प्रदेशमा सरकारको समन्वयमा बागमती प्रदेशको १३ जिल्लामा व्यापक खेलकुद प्रतियोगिता हुने गरेकोले यतिखेर केन्द्रका खेलकुद मन्त्री नै छायामा पारी दिएको छ। केन्द्रीय खेलकुद मन्त्री तेजुलाल चौधरीको काम कार्य प्रती कांग्रेसका नेता तथा कार्यकर्ता सन्तुष्ट छैनन् ।
उनै मन्त्री महर्जनले ७ बर्ष सम्म हुन नसकेको खेलकुद बिधेक महर्जन खेलकुद मन्त्री भएको केही महिनामै फाष्टट्राकबाट उक्त खेलकुद बिधेक संसदबाट पास गरेका थिए।