काठमाडौं–नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।


ADVERTISEMENT


संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।


ADVERTISEMENT

# # #


उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राईले आफू विद्या भण्डारी भन्दा सिनियर भएको बताइन् । पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको भन्दै उनले वर्तमान राष्ट्रपति विद्या भण्डारीसँग प्रतिस्पर्धा गर्न पाउँदा खुसी नै लागेको बताइन् ।