सिरहा– सिरहाको अर्नामा गाउँपालिका–३ हरकट्टामा एक महिलाको शव फेला परेको छ । स्थानीय हरिदेव यादवककी ३५ वर्षीय श्रीमती चन्द्रकला यादवको शव गाउँ नजिकै छेदी महतोको गहुँ बारीमा कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


गत १८ गते घाँस काट्न गएकी चन्द्रकला फर्किएकी थिइनन् । खेत हेर्न जाँदा गन्धआएपछि उनको शव देखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


ADVERTISEMENT

# # #


हराएको भोलिपल्टै उनको १३ वर्षीय छोराले आमा हराएको भन्दै प्रहरीमा निवेदन समेत दर्ता गराएका थिए । प्रहरी र आफन्तले खोजी कार्यगरिरहेकै बेला बुधबार विहान उनको शव फेला परेको हो ।

चन्द्रकलाका एक छोरी र २ छोरा छन् । श्रीमान वैदेशिक रोजगारीको क्रममा तीन वर्षदेखि कतारमा छन् ।

शवको कुहिएको हुँदा घटनाकोे विषयमा अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।