काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।


ADVERTISEMENT


नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार कार्यक्रममा नेप्सेमा आवद्ध ९२ कारोबार सदस्य (ब्रोकर तथा डिलर) का प्रमुख कार्यकारी अधिकृतहरू र सूचना प्रविधि शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रमको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गरेका थिए। उनले वित्तीय प्रणालीमा पारदर्शिता र विश्वास कायम गर्न यस्ता प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरेको प्रवक्ता पराजुलीले जानकारी दिए।

प्रवक्ता पराजुलीका अनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले प्रविधि, सुशासन र अनुपालनलाई पुँजी बजारको मुख्य आधार मानेर कार्यक्रमको उद्देश्य तय गरिएको बताएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र नेप्सेका विभिन्न शाखाका विज्ञहरूले कारोबार प्रणाली, राफसाफ, टिएमएस सञ्चालन, कानुनी व्यवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।