काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्दा गौरव लाग्ने बताएका छन् ।


ADVERTISEMENT


किरात राई यायोक्खाको ज्ञापनपत्र लिँदै अध्यक्ष प्रचण्डले किरात प्रदेशको बारेमा जानकार भएकाले माओवादीलाई भन्दा पनि एमाले, कांग्रेससँग पनि पहल गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवश राईले प्रदेश १ को भूभाग किरातीहरुको थातथलो भएकाले किरात प्रदेश नामाकरण गर्न अनुरोध गरेका थिए ।

ज्ञापनपत्र किरात राई यायोक्खाका महासचिव जीवन हाताचोले पढेर सुनाएका थिए भने, ज्ञापनपत्रलाई राष्ट्रिय दलका सबै अध्यक्ष र १ नं प्रदेशका मुख्यमन्त्री एवं सम्पूर्ण सांसदलाई बुझाउने संस्थाले निर्णय गरेको बताएको छ ।

यायोक्खाको कार्यवाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो, सल्लाहकार दुर्गा राई, डा. ईन्द्रजीत राई, प्रदेश सांसद रामकुकार राई लगायतको टोली पेरिसडाँडा पुगेर प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।