काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका उपरथी अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।


ADVERTISEMENT

# #


सैनिक मुख्यालय जंगी अड्डामा मंगलबार आयोजिक एक कार्यक्रबीच प्रधानसेनापतिले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

२०८३ मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकले उपरथी थापालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

#
#


प्रधानसेनापतिले सोही अवसरमा उपरथीमा पदोन्नति भएका सहायक रथी मनोज थापा, सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ, महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

कार्यक्रममा रथी, अधिकृतहरूका साथै पदोन्नति भएका रथी एवम् अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो ।