ललितपुर – आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिप २०२६ मा ललितपुरस्थित हेब्रोन पब्लिक स्कुलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ९ पदक जितेका छन्।
काठमाडौंको दशरथ रंगशालामा नोभेम्बर २० देखि २२ सम्म आयोजित प्रतियोगितामा विद्यालयका ६ खेलाडीले सहभागिता जनाउँदै २ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित कुल ९ पदक हासिल गरेका हुन्।
प्रतियोगितामा हेब्रोन पब्लिक स्कुलका खेलाडीमध्ये अरिना थापाले स्वर्ण पदक जितेकी छन् भने रोहित यादवले एक स्वर्ण र एक रजत पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।
त्यस्तै समीर खड्काले दुई रजत पदक, आदिग श्रेष्ठले एक रजत पदक, रिदम पराजुलीले दुई कांस्य पदक तथा श्याम गौतमले एक कांस्य पदक जितेका छन्।
दक्षिण एसियाली स्तरको प्रतियोगितामा विद्यालयका खेलाडीहरूले सामूहिक रूपमा ९ पदक जित्नु विद्यालय र ललितपुरको खेल क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
खेलाडीहरूको यस सफलताप्रति हेब्रोन पब्लिक स्कुलले बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले खेलाडीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा पनि खेल क्षेत्रमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई बधाई दिँदै विद्यालयले सम्पूर्ण टोलीको सफलताप्रति गर्व व्यक्त गरेको छ।



























