काठमाडौं–माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ । गुरुङ सभामुखको दावेदार थिए । तर, कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीले गुरुङलाई प्रमुख सचेतक बनाएको हो ।


ADVERTISEMENT


गुरुङ पूर्वकानुनमन्त्री हुन् । माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै चयन गरिसकेको छ । उपनेता, सचेतकबारे भने निर्णय हुन बाँकी छ ।


ADVERTISEMENT

# # #