महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिका ६ किसाननगर बाँके टोल घर भएका रामचन्द्र साहकी १७ वर्षिय छोरी शर्मिला कुमारी साहकोे बालविवाह स्थगित भएको छ । उनको यहि फागुन ३० गत्ते गौशला नगरपालिका मुरलीचोक घर भएका अशोक कुमार साहसँग विवाह हुन लागेको थियो ।


ADVERTISEMENT


स्थानीयबसीले बालविवाह हुने थाहा पाएपछि इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेका थिए । प्रहरीले उजुरीको आधारमा शुक्रबार शर्मिला र उनका परिवारलाई नियन्यत्रमा लिएको हो । प्रहरीका अनुसार बालविवाह गराउन खोज्ने शर्मिलाका बुवा रामचन्द्रका एकछोरा र ३ छोरीमध्ये शर्मिला कान्छी छोरी हुन् ।


ADVERTISEMENT

# # #


विवाहमा केटी पक्षले पलङ्ग, दराज, लत्ताकपडा लगायत पाँचलाख बराबरको दाइजो केटा पक्षलाई दिने सहमति भएको थियो ।