काठमाडौं–माओवादी शान्ति प्रक्रियामा आएपछिका १० मध्ये ५ सरकारमा सहमागी महरलो ३ पटक उपप्रधानमन्त्रीसहित शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चार मान्त्रालयको जिम्मेवारी फेरि फेरि सम्हालिसकेका छन् ।


ADVERTISEMENT


भुमिगत राजनीति छोडेर २०६३ मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार बने ।


ADVERTISEMENT

# # #


तीमध्ये ७ वटा सरकारमा माओवादी प्रत्यक्ष संलग्न भयो, जसको अधिकतम लाभ पाउने ब्यक्ति हुन् कृष्णबहादुर महरा । माओवादी संलग्न सातमध्ये पाँचवटा सरकारमा महरा मन्त्रालय फेरि फेरि मन्त्री बने ।

तीनपटक उपप्रधानमन्त्रीसहित उनी शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री बने ।

१० बर्ष अवधिमा अधिकतम लाभको पदमा पुग्ने माओवादी नेताको सुचीको नम्बर १ मै पर्ने महरालाई अहिले झन् आकर्षक पद प्राप्त भएको छ, पाँचवर्षे कार्याकालसहितको सभामुख ।–आजको कान्तिपुर दैनिकबाट