काठमाडौँ– कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीकै नेतृत्वमा बनेको बृहत पूर्ण इजलाशका एक सदस्य न्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘अवकाश भइसक्नुपर्ने व्यक्तिसँग बसेर न्यायसम्पादन गर्न मिल्दैन’ भन्दै फरक मत प्रस्तुत गरेपछि आजको इजलास स्थगित भएको छ ।


ADVERTISEMENT


न्यायाधीश राणाले फरक मत राखेपछि इजलाश स्थगित भएको हो।


ADVERTISEMENT

# # #


मुद्दाको सुनुवाइको दोस्रो दिन ११ बजे सुरु हुनुपर्ने इजलास सवा १२ बजेसम्म बस्न सकेको थिएन। त्यही बीचमा इजलासका सदस्य रहेका चोलेन्द्रशमशेर इजलासमा प्रवेश गरेर मुद्दाका सवालमा आफ्नो फरक मत राखेका थिए।

‘सम्माननीय प्रधानन्यायाधीशज्यूले हामीबीच छलफल हुँदा वहाँका प्रमाणपत्रहरु देखाउनुभयो,’ उनले भने, ‘एउटामा जन्ममिति २००९ साल रहेछ अर्कोमा २०११ देखियो। न्यायपरिषद ऐनको व्यवस्था अनुसार २०७४ साउन २१ गते उहाँ अवकाश हुनुपर्ने हो। अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन। म अलग रहन चाहेँ।’