बाँके–रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगन्ज आएका छैनन् ।


ADVERTISEMENT


भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


तर, सोमबार अपराह्न ५ बजेसम्म पनि भारतीय टोली नेपालगन्ज नआएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं अध्ययन टोलीका फोकलपर्सन गणेश शाहीले जानकारी दिए ।

उनका अनुसार भारतीय रेल विभागका कर्मचारीले पत्राचार गरी सोमबारका दिन बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीसँग परामर्श गर्न समय माग गरेका थिए ।–आजको नयाँ पत्रिकाबाट