काठमाडौं–बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु र चालकदलका ४ सदस्यसहित काठमाडौं आएको यूएस बंगलादेश एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ  र २२ जना घाइते अवस्थामा रहेका छन् ।


ADVERTISEMENT


विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए । मृतकमध्ये ४१ को शव त्रिवि शिक्षण अस्पतालमा र ८ जनाको सिनामंगलस्थित केएमसीमा राखिएको छ ।


ADVERTISEMENT

# # #


विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार घटनामा चालकदलका सबै सदस्यको मृत्यु भएको छ । दुर्घटनालगत्तै भएको आगलागीका कारण शव पहिचान गर्न कठिन छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार उद्धार गरिएका २२ यात्रुमध्ये सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ११, नर्भिकमा ४, मेडिसिटीमा १, ओममा १, ग्रान्डीमा ४ र न्युरो अस्पतालमा १ गरी २२ जनाको उपचार भइरहेको छ । महाप्रबन्धक क्षत्रीका अनुसार उपचार भइरहेकामा ११ नेपाली, १० बंगली र एक पहिचान नखुलेका यात्रु छन् ।

को–को थिए विमानमा ?
नेपाली यात्रु
शिला बजगार्इं, अल्गिना बराल,चारु बराल, सोविन्द्रसिंह बोहोरा, वसन्त बोहोरा, समिरा व्याञ्जनकार, प्रवीण चित्रकार,सजना देवकोटा, प्रिन्सी धामी, ज्ञानीकुमारी गुरुङ, दिनेश हुमागाईं, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, केशव पाण्डे, प्रसन्न पाण्डे, विनोदराज पौडेल, हरिशंकर पौडेल, सञ्जय पौडेल, आशिष रञ्जित, कृष्णकुमार सहनी, अस्ना शाक्य, सनम शाक्य, अञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, बालकृष्ण थापा, श्वेता थापा, किशोर त्रिपाठी र अवधेशकुमार यादव

बंगलादेशी
फैजल महम्मद, शहरिन अहमद, इकुव अली, फुज्जमान अली, अल्मुन नहर एन्नी, बिल्किस एरा, बेगम हुरुन नहर, बिल्क्विस बानु, अख्तरा बेगम, शाहिन बेपारी, नाजिया अफ्रिन चौधरी, रिज्वनुल हक, रोकिबुल हसन, मेहदी हसन, एमराना कबिर हास्मी, कबिर हुसेन, सञ्जिदा हुक, हसन इमाम, मोहम्मद नसरुल इस्लाम, अखी मोनी, मिनाज बिन नासिर, एफएच प्रिओक तमर्रा प्रिओनमोइ, मोदुर रहमान, महमुदुर रहमान, ताहिरा तन्विन शाशी रेजा, पियास रोय, शेख रसिद रुवायत, युमी सलिमा, सैयादा कम्रुनहार शवार्ना, अनिरुद्द जमान, नुरुज जमान र रफिक्ज जमान

चिनियाँ
म्याङ मिङ

माल्दिभ्स
रिजाना अब्दुल्ला

चालक दल
अविद सुल्तान (पाइलट), पृथुला रसिद (को–पाइलट), ख्वाजा हुसेन, केएचएम साफी