काठमाडौँ– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले टियु क्रिकेट मैदानको स्तरोन्नतीका लागि अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ठाकुर गैरेले बताऐ ।
समितिले यहि साउन १२ गते टियु क्रिकेट मैदानको स्थलगत निरिक्षण गरेको थियो । समितिले अनुगमन गरेपछि हालसम्मको बीचको अवधिमा भएका प्रगतिको विवरण उपलव्ध गराउन निर्देशन दिइएको सभापति गैरेले बताए ।
यसअघि स्थलगत अनुगमनका क्रममा स्तरोन्नतीको काममा सन्तोष जनाएको समितिले छिटै बाँकी काम सम्पन्न गर्न आवश्यक सहजिकरण गर्ने समेत जनाएको छ ।



























































