ओखलढुंगा–ओखलढुंगा सदरमुकाममा एकबिहानै बोलेरो जिप दुर्घटना हुदाँ चलकको घटनास्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT


उदयपुरको कटारीवाट ब्रोइलर कुखुरा लिएर ओखलढुङ्गा आउँदै गरेको को २ त १३४९ नम्बरको जिप रमाईलोडाँडामा दुर्घटन हुदाँ सिद्धिचरण नगरपालिका १ निवासी २१ बर्षिय चालक शिब कुमार भुजेलको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा सहचालक मानेभञ्ज्याङ गाउँपालिकाका अर्जुन गौतम गम्भीर घाईते भएका छन् । उनको समुदायीक अस्पताल मिसनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक टिका कार्कीले बताएका छन् ।

सदरमुकामस्थित रमाईलोडाँडाको आर्मीक्याम्प मुनि ओरालोबाट गाडी डिलमुनी खसेको छ ।