काठमाडौं नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भईरहेको ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्याङ्कनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताका बारेमा विस्तृत जानकारी गराइएको थियो ।
यस वर्षको कृति अवाड्र्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका अन्य विशिष्टीकृत विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । यसका साथै सङ्गीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदीयमान विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको समेत बहु–विधागत टोली गठन गरिएको छ ।
आन कार्यसमितिको कार्यादेश बमोजिम निर्णायक मण्डलले सम्बन्धित विधामा पुरार्याको योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका यी निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछ ।
अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको छ । तसर्थ, निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको व्यहोरा समेत जानकारी गराइन्छ ।
ईनर्जी ड्रिंन्क रेडबुल मुख्य प्रायोजक रहेको यस बर्षको कृति अवार्डस्मा ईन्फुएन्सर म्यानेजमेन्ट गर्ने डिजिटल प्लाटर्फम ईनमार्कको ईनएसोशियसन विथ तथा जिएमडब्लु ओरा, कोका कोला र यति ईन्टरनेशनल कलेजको पावर्ड बाई प्रायोजन रहेको छ । यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा फोन नं. ०१४७५०६३ मा सम्पर्क गरि आनको सचिबालयबाट लिन सकिन्छ ।



























