काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचन आयोगले कार्यसमिति तथा विधान अद्यावधिक गरेको जानकारी गराएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति थापाले पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाइ निर्वाचन आयोगले अध्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको जानकारी गराएका हुन् । कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरूसहित अद्यावधिकका लागि आयोगमा निवेदन दर्ता गराएको थियो ।


ADVERTISEMENT

# #


त्यस्तै केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार पनि संगठनको आगामी कार्यभार (हामी तयार छौँ अभियान) लगाएतका कार्यसूचीहरुमाथि छलफल भएको महामन्त्री डिला संग्रौलाले जानकारी दिइएकी छिन् । साथै बैठकमा सरकारका क्रियाकपाल, स्थानीय निर्वाचनको तयारी लगाएतका बिषयमा पनि सदस्यहरुले धारणा राखेको उनले बताइन् । उनले निर्वाचन आयोगले अद्यावधिक गरेसंगै पार्टीको आधिकारिकताका बारे अव कुनै विवाद नरहेको धारणा राखिन् ।

बैठकले १० औं राष्ट्रिय खेलकुदको ऐतिहासिक महाकुम्भलाई भब्य र सफल बनाउन स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा जुट्न आह्वान गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बिहान ११ बजे बस्नेगरि स्थगीत भएको छ ।


ADVERTISEMENT

#
#