काठमाडौं–क्रिकेट इतिहासमै पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गरिरहेको छ ।


ADVERTISEMENT


जिम्बाब्वेको क्वेक्वे स्पोर्टस क्लबको मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले तेस्रो ओभरमा अर्को विकेट लिएका छन् । बेन कोपर सोमपाल कामीको बलमा ० रनमै क्याच आउट भएका छन् । यसअघि पहिलो ओभरमै वेस्ली बार्सीलाई सोमपाल कामीले क्याच आउट गराएका थिए ।


ADVERTISEMENT

# # #


ताजा अवस्थामा नेदरल्यान्ड्सले ४ ओभरमा २ विकेटको क्षतिमा ६ रन बनाएको छ ।

प्रतियोगिताअन्र्तगत ७ औं स्थानको लागि हुने प्लेअफ खेलमा नेदरल्यान्ड्सलाई हराउदै नेपाल जिम्बाब्वे भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । बिहीबार भएको प्लेअफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।