काठमाडौं । एनआइसी एशिया बैंकले कार्यबाहक प्रमुखमा रोशन कुमार न्यौपानेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।


ADVERTISEMENT


बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा न्यौपानेको कुशल तथा नेतृत्वदायी भूमिका रहँदै आएको छ । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एन आई सी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्ये एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत रहेको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


एनआईसी एसिया १० लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यस्तै, १ सय ८४ शाखा तथा १ सय ८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ्ग सेवामा उत्कृष्टता हासिल गर्ने बैंकको विश्वास रहेको छ ।

नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा थप उचाईमा पुर्याउने प्रत्रिवद्धता व्यक्त गरे । उनले उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी ग्राहकहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा सदा प्रतिवद्ध रहन सबै ग्राहक, कर्मचारी तथा बैंकसँग प्रत्यक्ष एवम् अप्रत्यक्ष तवरबाट जोडिने सबैमा अनुरोध गरेका छन् ।

बैठकले लक्ष्मण रिसालले प्रमुख कार्यकारी अधिकृतबाट फागुन २३ गते दिएको राजिनामा पनि स्वीकार गरेको छ ।