काठमाडौं–करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा पुगेको छ ।


ADVERTISEMENT


सर्वसाधारणले बैंकमा पैसा जम्मा गर्न नआएपछि पूँजी आभावमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन् । बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन् ।


ADVERTISEMENT

# # #


चुक्ता पूँजी आठ अर्ब रुपैयाँ भएका र मुलुककै ठूला वाणिज्य बैक भनिएका हरुले एक लाख कर्जा दिन नसक्नु ठूलो विडम्बना हो । ‘करोड होइन एक लाख रुपैया पनि ऋण दिन सक्ने अवस्था छैन’, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले भने, ‘केही रकम लगानी गर्न खोज्यो कर्जा–पूजी निक्षेप अनुपात ८० छुनै खोज्छ ।’

सिडिसी रेसियो ८० पुगे राष्ट्र बैकले कारबाही गर्ने भएकाले बैंक सचेत भएर बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।–आजको नागरिक दैनिकबाट