काठमाडौं–जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरको गगनपानी सामुदायिक वनमा आगलागी भएको छ ।


ADVERTISEMENT


आइतबार दिउँसो २ बजेदेखि सल्किएको आगो गगनपानी सामुदायिक वन हुँदै भैँसे दानसिङडाककडा सामुदायिक वनको ढुङगाखानीमा पुगेको छ । आगो नियन्त्रण गर्न दुवै सामुदायिक वनका १ सय जना उपभोक्ता र ईलाका प्रहरी कार्यालय हरिचौरको ७ जनाको टोलीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको छ ।


ADVERTISEMENT

# # #


ढुङ्गाखानी क्षेत्र भिरालो र अप्ठ्यारो भएका कारण आगो नियन्त्रणमा ल्याउन नसकिएको भैसे दानसिङडाककडा सामुदायिक वनका अध्यक्ष लाल बहादुर बस्नेतले जानकारी दिए ।

आगो के कारणले लागेको हो भन्ने बिषयमा जानकारी हुन नसकेको बस्नेतको भनाई छ । आगोले गगनपानी सामुदायिक वनको करिब ७ हेक्टर र भैसे दानसिङडाककडा सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफल जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणमा ल्याउन नसकिए मान्दाराको करिब ९, १० घरपरिवार सँगै गलकोट नगरपालिका ७ मल्मसम्म असर गर्ने बताइएको छ । आगलागीका कारण भैसे, दानसिङडाँडा, मान्दारा गाउँका झण्डै ४० घरधुरीले पिउँदै आएको खानेपानीको पाइप समेत जलेर नष्ट भएको बताइएको छ ।