काठमाडौं–चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदैछिन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन ।


ADVERTISEMENT


उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो ।


ADVERTISEMENT

# # #


सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेकी हुन् ।

सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए ।–आजको कान्तिपुरबाट