काठमाडौं(रासस)–हुम्लामा गएरातिदेखि एक्कासि हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।


ADVERTISEMENT


हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।


ADVERTISEMENT

# # #


हिमपातपछि कृषकहरु भने उत्साहित भएका छन् । बालीनाली सप्रिने आशमा कृषक दंग परेका हुन् ।